Logo
बागमती प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल
हाम्रो बारे
बागमती प्रदेशका युवाको चाहना र आबश्यकता अनुसार २०७६ सालमा बागमती प्रदेश सभाले प्रदेश युवा परिषद् ऐन २०७६ बनाएको हो । सोही ऐनको दफा ३१ ले दिएको अधिकार प्रयोग गरी बागमती प्रदेश सरकारले प्रदेश युवा परिषद् नियमावली २०७७ बनाएको छ । यसै ऐन र नियमावालीको आधारमा युवा हेर्ने मन्त्रालय अन्तर्गत रहने गरी प्रदेश युवा परिषद्को कार्यालय २०७८ सालमा स्थापना भई कार्य सञ्चालन गरिरहेको छ ।
जस अनुसार युवा हेर्ने मन्त्रालयले २०७८ असार ०१ गतेको दिन प्रदेश युवा परिषद् २०७६ को परिच्छेद -३ को दफा ५ अनुसार परिषद्को गठन तथा असार १३ गतेबाट कार्यालय प्रमुख खटाई विधिवत रुपमा प्रदेश युवा परिषद्को कार्यलय २०७८।०४।२८ गतेका दिन कार्यालय उद्घाटन भै सकेको छ । अब आगामि दिनमा यस बागमती प्रदेश भित्रका युवाहरुको सर्वाङ्गिण विकासका लागि कार्यक्रमहरु यसै कार्यालयबाट संचालन हुनेछन् ।
मा. कुमारी मुक्तान

मा. कुमारी मुक्तान

सामाजिक विकास मन्त्री (अध्यक्ष)

सन्तोष चौलागाँई

सन्तोष चौलागाँई

कार्यकारी उपाध्यक्ष

रमेश घिमिरे

रमेश घिमिरे

नि. कार्यालय प्रमुख

दूरदृष्टि
प्रदेशभित्रका युवालाई सबल¸ प्रतिस्पर्धी र आत्मनिर्भर बनाउदै प्रदेश, राज्य र अन्तर्राष्ट्रिय क्षेत्रमा सार्थक सहभागिता सुनिश्चित गरी प्रदेशलाई आधुनिक¸ न्यायपूर्ण र समृद्ध प्रदेश बनाउने
दीर्घकालीन लक्ष्य
युवाको नेतृत्व तथा क्षमता विकास
उद्यमशिलताको विकास र स्वरोजगार
युवाको पहुँच र सहभागिताको सुनिश्चितता
समृद्ध प्रदेश निर्माण
मान्यता
स्वस्थ¸कर्मठ र उद्यमी युवा
अधिकार र कर्तव्य प्रति सचेत युवा
समावेशी र सशक्त युवा
नेतृत्वदायी र स्वाबलम्बी युवा

ग्यालरी

दृष्यावली

Gallery
Gallery
Gallery
Gallery
Gallery
Gallery

Youth's Power

Let's Join Our Team

Contact Us